अक्सफोर्ड स्कुलमा शुक्रबार बिज्ञान प्रदर्शनी फुड फेस्टिवल एवं विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

गैंडाकोट ,माघ ,०६ ।
गैंडाकोटमा रहेको अक्सफोर्ड सेकेण्डरी स्कुलले शुक्रबार बिज्ञान प्रदर्शनी फुड फेस्टिवल एवं विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । गैंडाकोट २ मा रहेकोे स्कुलले शुक्रबार विद्यालयको प्राङ्गणमा वार्षिक कार्यक्रम अन्तर्गत बिज्ञान प्रदर्शनी फुड फेस्टिवल एवं विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहनुभएका गैंडाकोट न.पा.का नगर प्रमुख मदनभक्त अधिकारीले एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक रहेको औल्याउँदै अक्सफोर्ड स्कुलले नवलपुर लाई शिक्षा क्षेत्रमा अब्बल साबित गरेकोमा खुशी व्यक्त गर्दै शैक्षिक प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा वडा १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी , वडा २ का अध्यक्ष प्रकाश सापकोटा लगाएत नगर शिक्षा शाखा प्रमुख डा.बालकृष्ण चापागाईं , शैक्षिक अभियन्ता गोपिन्द्र केशरी न्यौपाने , दिपक रावत, डा.वसन्त प्रसाद अधिकारी, चिरञ्जीवी पोख्रेल, गुरुप्रसाद सापकोटा लगाएतले अक्सफोर्ड स्कुलले शिक्षामा गरेको योगदानको बिषयमा आ–आफ्नो मन्तब्य राख्नुभएको थियो ।
स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कला कौशल र अभिभावकहरुको सम्मानमा विविध साँस्कृतिक प्रदर्शनी, शैक्षिक प्रदर्शनी, चित्रकला, विज्ञान परिक्षण, फुड फेस्टिवल लगाएतका प्रस्तुती राखेका थिए । सो कार्यक्रममा शिक्षण पेशामा उत्कृष्ट सेवा गरेको भन्दै शिक्षक हरुलाइ सम्मान र स्कुलका विभिन्न आन्तरिक तथा वाह्य प्रतिस्पर्धामा विजयी बिद्यार्थीहरुलाई मेडल, पुरस्कार तथा ट्रफि प्रदान गरिएको थियो ।
कार्यक्रमका सभापति तथा स्कुल प्रमुख इन्जिनियर हरि भण्डारीले अक्सफोर्ड सेकेण्डरी स्कुलले दशकौंदेखि नवलपुरको उत्कृष्ट विद्यालयका रुपमा विद्यार्थीको सामाजिक, बौद्दिक तथा शारीरिक विकासलाई केन्द्रमा राखेर पुरानो रितिरिवाज लाई समेत जगेर्ना गर्दै कार्यक्रमहरु सञ्चालनमा ल्याउने गरेको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण शिक्षक नारायण सिग्देल र प्रकाश सुवेदीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया