अखिल क्रान्तिकारी चितवन जिल्ला अध्यक्ष लामिछाने पक्राउ ।
सन्त कुमार चौधरी,
गैँडाकोट, ५ असार ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी चितवन जिल्ला अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले मंगलबार रत्ननगरबाट पक्राउ गरेको छ ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लामिछानेलाई केही दिन अगाडि पुर्वी चितवनको शक्तिखोरमा स्काभेटरमा आगो लगाएर नष्ट गरेको अभियोगमा प्रहरीले खोजी सुरु गरेको थियो ।
तत्पश्चात आज बिहान साँढे ९ बजे ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सहिद स्मृती बहुमुखी क्याम्पस हाताबाट उनलाई पक्राउ गरेको हो । अध्यक्ष लामिछानेमाथि थप अनुसन्धान भैरहेको रत्ननगर प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया