अग्यौलिमा स्थानीय जातका विउ संरक्षणको लागी बीउ वैङक

सावित्री रेग्मी / जमुना पराजुलि
नवलपरासी , भदौ ६ , नेपालका अधिकांस मानिसहरु कृर्षि पेशामा आश्रित भएपनि समयमा मल तथा विउ विजन लगाएतका समस्याका कारण यो पेशा निवार्हमुखी वन्दै गहिरहेको छ । जव खेति पाती लगाउने समय आउंछ अनि विभिन्न किसीमका समस्याले किसानहरुलाई सताउने गर्दछ । जसका कारण पुरानो तरीकाले खेतिपाती गर्दै गर्दा उत्पादन पनी राम्रो हुन नसकिरहेको अवस्था छ । कृर्षि पेशालाई आधुनिक पद्धतितर्फ आर्कषण गर्न नसक्नु अहिलेको मुख्य समस्या वनेको छ । यस्तै समस्या झेल्दै आएका नवलपरासीको कावासोती नगरपालीका १४ अग्यौलीका कृषकहरुले यतिवेला स्थानिय स्तरमा बिउ विजनको अभाव हुन नदिन र बिउको संरक्षण गर्ने उहेश्यले बीउ वैङकको स्थापना गरेका छन् । जसमा स्थानीय जातका विभिन्न प्रजातीका करीव ९ सय १६ प्रकारका बीउ राखीएको छ । वि.स.२०६८ सालमा कोठा भाडामा लिएर स्थापना गरेको यस विउ वैङ्कले वि.स.२०६९ सालमा स्थानीय तथा नगरपालीकाले गरेकोे रु ८ लाख २५ हजारको सहयोगमा आफ्नै भवन निमार्ण गरि स्थानियलाई सेवा दिंदै आहिरहेको छ ।जसले गर्दा स्थानीय लाई बीउं विजनका लागि बाहिर जानुपर्ने वाध्यता पनि हटेको छ । मा ल्याएपछी स्थानीय लाई यस्तो सहज भएको हो । लिवर्ड नेपालको सहकार्यमा स्थापना गरीएको बीउ वैङक सञ्चालनमा आएपछी हाइव्रिड जातका बीउ का लागी स्थानियले खेप्नु परेको समस्या हटेको स्थानीय किसानहरु बताउंछन । प्रर्याप्त मात्रमा गुणस्तरीय बीउ किसान लाई उपलब्ध गराउन यालेपछि विउ बैङ्कको महत्व पनि बढ्दै गएको छ । पहिलेको समयमा स्थानियहरु लाई विउ किन्न टाढा टाढा जानु पर्ने बाध्यता थियो भने विउ बैङ्क स्थापना पछि किसानहरुलाई निकै सहज भएको छ । यसको साथै किसानहरुले आफना्े घरमा उत्पादन गरेकोे विउ बैङमा लगेर बेच्न पाउने भएकाले पनि विक्री को लागी अन्यत्र जानु पर्ने समस्या हटेको स्थानिय कृषक राजकुमारी महत्तो बताउछिन् ।
यस बीउं वैङकमा रहेको बीउ संरक्षणका गर्नका लागी समेत राष्ट्रिय बीउ वैङक लाई स्थानियले उपलब्ध गराएका छन । लोप हुने अवस्थाका विउहरु संरक्षण गर्नको लागी यस वैङ्कले जिङ बैङलाई जिम्मा दिएको बिउ बैङका सचिव बुदि राम महत्तो बताउनुहुन्छ । पछिल्लो समय यस वैकले स्थानिय स्तरमा राम्रो प्रभाव पारर्दै गएको छ र बैङक विउ वैङ्कका लागी आवश्यक विउ स्थानियहरु संगै लिने भएकाले पनी स्थानियलाई यसवाट थप सहयोग मिलेको बैङका सचिव महत्तो बताउंनुहुन्छ ।
किसानहरुका लागी आवश्यक पर्ने विउ विजनहरु यस बैङ्क ले उपलब्ध गराउन थालेपछि स्थानिय किसानहरु पनि खुसी भएका छन । किसानले यस वैङ्कवाट उपलब्ध बिउ को प्रयोग गरेपछि उनिहरुको उत्पादन पनि राम्रो भएको छ । अहिले किसानहरुले आफुले उत्पादन गरेको विउहरु आफुलाई आवश्यक पर्ने जति राखेर बढी भएको विउ बैङमा बेच्न ल्याउने गरेका छन् ।जसले गर्दा स्थानिय जातको बीउको पनि संरक्षण भएको छ भने यहांको माटोमा यहिको उत्पालनको प्रयोग गर्दा उत्पालनमा पनि बृद्धि भएको बीउ वैङकका सञ्चालक समितिका सदस्य भुमि प्रसाद सापकोटा बताउनुहुन्छ ।
यसरी गाउमा नै बिउको अभाव हुन नदिनका लागी सुरु गरिएको यस वैङ्कले साविक अग्यौलि गाविस ९ वटै वडाहरुमा आवश्यक विउहरु उपलब्ध गराउंदै आएको छ । यसका साथै आगामी दिनमा यस बैङ्को भण्डारनलाई ब्यवस्थित गर्ने योजना का साथ अगाडी बढेको छ ।
तपाइँको प्रतिक्रिया