अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपना : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान निमार्णमा भारतले प्रत्यक्ष प्रभाव जमाउन नसकेपछि लगाएको अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपन देखिएको बताउनु भएको छ । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेशमा भएको आन्दोलनलाई अघि सारेर सुरक्षाको अवस्था देखाउँदै जसरी अघोषित नाकाबन्दी गरेको छ त्यसले नेपाल भारतको सम्बन्धलाई दिर्घकालिन असर पारेको बताउनु भएको हो ।
थापाले संविधान निमार्णको समयमा भारतले आफ्नो दुत पठाएर हस्तक्षेप गर्नेदेखि पछि देशको सार्वभौमिकताको रक्षाका लागि ९० प्रतिशतको सहमतीले संविधान जारी गरिएको र आफ्नो प्रभाव देख्न नसके पछि मधेश आन्दोलनको बहानामा भारत नाकाबन्दीसम्मको गतिविधिमा उत्रनु अन्तराष्ट्रिय मापदण्ड बिपरित भएको बताउनु भयो । उहाँले नेपालभित्र उठेका समस्याको समाधान नेपालीले नै गर्ने भन्दै जसकारण भ्रामक विषयहरु जनतामाझ लगेर मधेशलाई अन्धकारमा नराख्न र काठमाडौलाई दबाव दिएर मधेश आन्दोलनका नाममा नाकाबन्दी गर्न छाडेर तत्काल वार्तामा आउनु पर्नेमा जोड दिनुभयो ।
थापाले उत्तरतर्फको नाका खोल्ने विषयमा सरकारले पहल गरिरहेको र केहि दिनमै उत्तरतर्फको नाका खुल्ने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया