अघोषित नाकाबन्दी बिरुद्ध नेपाल अन्तराष्ट्रिय समुदायमा जानुपर्ने : प्रदिप ज्ञवाली

नेकपा एमालेका पार्टी सचिव प्रदिप ज्ञवालीले संविधान जारी पश्चात भारतले गरेको अघोषित नाकाबन्दी अन्तराष्ट्रिय मापदण्ड विपरित भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आईतबार भक्तपुरमा गरेको साक्षतकार कार्यक्रममा उहाँले संविधान जारी पछि तराई आन्दोलनको बिषयलाई लिएर भारतले जसरी अघोषित नाकाबन्दी गरको भन्दै त्यसको नेपालमा मात्र नभएर भारत लगायत विश्वभरी निन्दा भएकाले अव केहि दिनमै भारत पछि हट्ने बताउनु भएको हो । सचिव ज्ञवालीले भारतले पारवहन मुद्दाको विषयलाई लिएर अन्तराष्ट्रिय मापदण्ड विपरित गएर गरेको कार्यलाई लिएर नेपाल अन्तराष्ट्रिय समुदायमा जाने बताउनु भएको हो । भारतले योजना अनुसार नेपाल चल्नु पर्छ भन्दै आएता पनि संविधान जारी पश्चात त्यस्तो वातावरण पाउन नसक्दा र नेपाललाई सार्वभौम सत्ता देश मान्न नसक्दाको परिणाममा देखिएको उहाले बताउनु भयो । सचिव ज्ञवालीले नेपाल बिश्वका दुई ठूला देशको छिमेकी भएको र संविधान जारी पश्चात आफ्नो असन्तुष्टि पोख्न दक्षिणतर्फबाट गरिएको अघोषित नाकाबन्दीलाई ध्यान दिँदै उत्तरतर्फको नाका खुलाउन सरकार लाग्नु पर्ने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया