अझै पुर्ण रुपमा संचालनमा आउन सकेनन निजी बैक र बित्तिय संस्थाहरु

पुरुषोत्तम सुबेदी,परासी, २९ असोज । करिब ७० दिन देखीको मधेशी मार्चाको जारी आन्दोलनका कारण प्रभाबीत बनेका नवलपरासीका निजी बैक तथा बित्तिय संस्थाहरु अझै पनि पुर्ण रुपमा संचालन आउन सकेका छैनन् । मोर्चाले निजी बैक र बित्तिय संस्थाहरु दिउसो १२ बजेपछि संचालनमा आउने दिने जनाएपछि त्रासका कारण अझै पनि निजी बैक तथा बित्तिय संस्थाहरुले पुर्ण रुपमा सेवा दिन नसकेका हुन् ।बिशेष गरी मोर्चाको आन्दोलन कारण जिल्लाको सदरमुकाम परासी सहित सम्पुर्ण ग्रामीण क्षेत्रका निजी बैक र बित्तिय संस्थाहरु अझै पनि बन्दको प्रभाब कायमै छ । निजी बैक तथा बित्तिय संस्थाहरुले भित्रबाट सेवाग्राहीलाई सामान्य सेवा दिदै आएपनि ति बित्तिय संस्थाहरुले अझै पनि पुर्ण रुपमा कार्यालय खेली सेवा पुर्ण रुपमा दिन नसकेका हुन् । यद्यपी मोर्चाले दशै तिहारलाई लक्षित गरी बिहीबारबाट नवलपरासीका सबै बैक तथा बित्तिय संस्थाहरु संचालनमा आउन दिने जनाएपनि बैक र बित्तिय संस्थाहरु त्रासका कारण पुर्ण रुपमा सेवाप्रबाह गर्न सकेका छैनन् । जिल्लाको सदरमुकाम परासी सहित सम्पुर्ण गाम्रीण क्षेत्रमा गरी करिब ३० बटा बैक तथा बित्तिय संस्थाहरु छन् । यद्यपी बन्दका प्रभाब राजमार्ग क्षेत्रका बैक तथा बित्तिय संस्थाहरुमा परेको छैन् । (रासस)
तपाइँको प्रतिक्रिया