अदालतको आदेश पश्चात पनि टुकुचा खोलाको उत्खनन् रोकिएन, संरचना हटाएर साइकल लेन बनाउने तयारी

काठमाडौँ, असोज ३
काठमाडौं महानगरले सोमबार पनि राजधानीको टुकुचा खोलामा अतिक्रमण भएको संरचनामा डोजर चलाएको छ ।
महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो ।
उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राख्ने भएको छ ।
अदालतले ३ वटा घरका लागि मात्रै सो आदेश दिएकाले अन्य संरचना भत्काउन बाधा नपर्ने महानगर स्रोतले बताएको छ ।
महानगरले उक्त क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचना हटाएर फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।
तपाइँको प्रतिक्रिया