अदालत परिसरमा वकिल र प्रहरी झडप, बार महासचिव घाइते

काठमाण्डौ, २५ कार्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा पुगेका कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा झडप भएको छ । आन्दोलित कानून व्यवसायीको समूह भित्र जान खोज्दा प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो । प्रहरीको कुटाइबाट नेपाल बार एशोसियसका महासचिव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, केन्द्रीय सदस्य रमन कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई घाइते भएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया