अधिवक्ता शम्भु थापाको प्रश्न : प्रधानन्यायाधीश ज्यू तपाईले घुस खानु भएको छ कि छैन ?

काठमाडौं, १ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरुलाई आग्रह गर्नुभएको छ । बुधवार नेपाल बार एसोसिएसनले गरेको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले प्रधानन्यायाधीश ज्यू तपाईले घुस खानु भएको छ कि छैन ? भनेर प्रश्न गरिदिन आग्रह गरेका हुन् ।
वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने समेत बताउनुभयो । केही न्यायाधीशहरु इजलाश बस्न लागेको तर्फ इंकित गर्दै उहाँले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताउनुभयो । उहाँले उहाँले भन्नुभयो – ‘नेपाल बारले प्रधानन्यायाधीश भ्रष्टाचारमा डुबेका छन्, तपाईहरु चार जना वा पाँचजना हुनुहुन्छ एउटै प्रश्न सोधिदिनुस्, प्रधानन्यायाधीश ज्यू तपाईले घुस खानु भएको छ कि छैन ? यत्ति सोधिदिनुस् । आज फुलकोर्ट बस्ने कुरा छ, तपाईलाई त भ्रष्टाचार गर्नुभयो, घुस खानु भो भन्या छ सोधिदिनुस् न एकचोटी ।
उहाँले आफुहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पार्नुभयो । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ । त्यो ऐतिहासिक हुन्छ । भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ । भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित ।’
उहाँले राजनीतिक दलहरुले पनि न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया