अधिवक्ता स्वागत नेपालको टोलीले प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर

काठमाडौं ।
अधिवक्ता स्वागत नेपालको टोलीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेका छन् । ब्यवसायी प्रेमप्रसाद आचार्यले आफूले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेका हुन् ।
किटानी जाहेरी दर्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिदै टोलीले आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरेको जनाईएको छ ।
मुद्दा सरकारको विरुद्ध भएको भन्दै तीनकुने प्रहरीले संसोधन गर्न लगाउँदै दर्ता गर्न नमानेपछि आफूहरु जाहेरी दता गर्न जिल्ला प्रहरी परिसर पुगेको अधिवक्ता नेपालले बताएका छन् ।
आचार्यले सामाजिक सञ्जालमा गरेको पोष्टमा नाम चलेका डिपार्टमेण्टल स्टोर, मार्ट, कलेजलगायत धेरै व्यक्ति तथा संस्थाहरुले उधारो नतिरेको र आफू ऋणमा डुबेको बताएका छन् । त्यस्तै, परिवारले पनि पैतृक सम्पति अंश दिन विभेद गरेको बताएका छन् । त्यस्तै, आफूलाई यो अवस्थामा पुर्याउनमा सरकार र कानुन पनि जिम्मेवार रहेको बताएका छन् ।
तपाइँको प्रतिक्रिया