अध्यक्ष प्रचण्डले गरे तरकारी तथा फलफुल बजारको उद्घाटन

चितवन,७ असोज ।
नेकपाका अध्यक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फलफुल बजारको उद्घाटन गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बनेको तरकारी तथा फलफूल बजारको आज उद्घाटन गरेका हुन् ।
तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले महानगरपालिकाले एकपछि अर्को गर्दै विकासका काममा ठूलो फड्को मार्दै गएको बताए । उनले नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दै गएको बताए । फलफूल प्रचण्डले भने ‘भरतपुरमा लगातार भइरहेको विकासले देशभरि नै सकारात्मक सन्देश दिएको छ, विकासको नमुना मोडेल भरतपुरले देखाएको छ ।’
चितवन विकासको काममा अगाडि बढ्ने जमर्को गर्ने जिल्लामा गनिएको उनको भनाइ थियो । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमा बनाउने कुरा करिब करिब अन्तिम चरणमा पुगेको उनले बताए ।
यसैबीच महानगरका मेयर रेणु दाहालले नारायणगढको पुरानो तरकारी बजारमा भरतपुर महानगरपालिकाले बहुउद्देश्यीय भवन बनाउने जानकारी दिईन् । पुरानो तरकारी बजारमा बहुतले अण्डरग्राउन्डसहितको बहुउद्देश्यीय भवन बनाउने बताउनुभयो । कार्यक्रममा उहाँले लायन्सचोकको तरकारी बजारले थेग्न नसक्ने भएर नै सारिएको उनको भनाइ थियो ।
उनले जे काम गर्दा पनि विरोध आउने गरेकोमा गुनासो समेत गर्नुभएको थियो । कार्यक्रममा उनले भिनन् , ‘म सबैसँग सहकार्य गर्न चाहेको छु, जनप्रतिनिधि, व्यवसायी राजनैतिक दलहरु सबैसँग सहकार्य गरेर अघि बढ्न म चाहिरहेको छु, तर एउटा कुरा जे काम गर्दा पनि विरोध आउनु ठीक होइन ।’ उहाँका अनुसार सिटी हल बनाउन खोज्दा पनि बिरोध भएको बताउनुभयो । ‘कि त विकल्प दिनुप¥यो, कि त बनाउन दिनुप¥यो’ मेयर दाहालको भनाइ थियो ।
तपाइँको प्रतिक्रिया