अध्यक्ष माथीको दुव्र्यबहार हातपातको प्रयासप्रति आपत्ती

कावासोती, १२ माघ
नेपाली काँग्रेस हुप्सेकोट गाउँपालिकाले गाउँपालिका अध्यक्षमाथी भएको दुव्र्यबहार र हातापातको प्रयास प्रति गम्भिर आपत्ती प्रकट गरेको छ । केहि दिन अघि भएको दुखद् घटनालाई लिएर अराजक समुहले अध्यक्ष माथी गरेको दुव्र्यबहार र हातपातको प्रयास प्रति काँग्रेसले आपत्ती जनाएको हो । नेपाली काँग्रेस हुप्सेकोट गाउँपालिका सभापति लाई केहि दिन अघि भएको सवारी दुर्घटनाको बिषयलाई लिएर गाउँपालिका अध्यक्षलाई अनावश्यक विवादमा पार्ने प्रयास भएको भन्दै आपत्ती प्रकट गरेको छ । काँग्रेसले घटनाका दोषीमाथी कारवाहीको माग समेत गरेको छ । बिज्ञप्तिमा भनिएको छ, गाउँपालिका अध्यक्ष काठमाडौ गएको बेला भएको उक्त दुर्घटनाको जिम्मेवारी उपाध्यक्षले लिनुपर्दछ । घटनालाई अनावश्यक रुपमा राजनितिकरण गरिएको भन्दै हुप्सेकोट काँग्रेसले चिन्ता व्यक्त गरेको छ ।
दुखद् घटना भयो, यसलाई गाउँपालिकाको बैठक बसेर मिलाउने प्रयास हुँदा हुँदै अध्यक्ष माथीनै हातपात गर्न खोज्नु अराजकता हो, बिज्ञप्तिमा उल्लेख छ । कांग्रेसले मृतक बालकको परिवारलाई उचित क्षतीपुर्ती र घाईतेहरुको उपचार खर्च दिन पनि माग गरेको छ । माघ ७ गते गाउँपालिकाको गाडीको ठक्करबाट स्थानीय एक बाललको मृत्यु भउको थियो भने अन्य ३ जना घाईते भएका छन् ।
तपाइँको प्रतिक्रिया