अनधिकृत संरचनामा महानगरले चलायो डोजर, अनधिकृत संरचना हटाउन बालेनको निर्देशन

काठमाडौँ, भाद्र ८
काठमाडौँ महानगरपालिकाले बुधवार सुनधारास्थित काठमाडौँ मलमा बनेको अवैध संरचना भत्काएको छ ।
यस्तै, महानगरले आजै खिचापोखरीमा रहेको आरबी कम्प्लेक्समा पनि डोजर चलाएको छ ।
बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।
काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ ।
यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।
जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।
त्यस्तै, महानगरले आजै रञ्जनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केसा प्लाजालाई पुनः थप मिति दिएर त्यहाँ बनाइएका अवैध संरचनाहरू भत्काउन भनेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ ।
तपाइँको प्रतिक्रिया