अनिश्चितकालिन नाकाबन्दी सहित आजदेखि मोर्चा धर्ना जारी

पुरुषोत्तम सुबेदी
नवलपरासी, १० असोज । मधेश आन्दोलनलाई थप शसक्त बनाउन आन्दोलनकारीहरु आजदेखि अनिश्चितकालिन नाकाबन्दी गर्दै नवलपरासीको महेसपुर नाकामा धर्ना दिएका छन् । मधेशी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चाले जिल्लाको विभिन्न नेपाल भारत सिमानाकाहरुलाई अनिश्चितकालिन नाकाबन्दी गर्दै आजदेखि धर्ना दिएको हो ।
नवघोषित संविधानमा मधेशी जनताहरुलाई हक अधिकारबाट बञ्चित गरिएको मोर्चाले आरोप लगाउदै जिल्लाको कुनै पनि नाकाबाट मालसमान वा सवारी साधान निकासी पैठारीमा गर्न नदिने भन्दै नाकामा धर्ना दिएको मोर्चाका संयोजक मुकुरजी गिरीले जानकारी दिुन भयो ।
देशमा जारी भएको एतिहासिक संविधान प्रति असन्तुष्ट मोर्चाले जिल्लाको मुल नाका महेसपुर लगायत त्रिवेणी, झुलनीपुर, भुजहवा र विसुनपुरालाई पुर्ण रुपमा अनिश्चितकालिन नाकाबन्दी गरेको छ ।
मधेशी जनताको माग सम्बोधन नभएसम्म नाकाहरु नखोलिने मोर्चाको चेतावनी छ । नाकाहरुबाट नेपाल झिकाईने सामानहरु घरायसी प्रयोग बाहेक सबै प्रकारको सामान र सवारीस विाधानमा रोकछेक गर्ने गरिएको आन्दोलनकारीहरुले बताएका छन् ।
तपाइँको प्रतिक्रिया