अनुदानको मलमा सहकारीको रजाई, एग्रोभेटले पनि बिक्री गर्छन अनुदानको मल

प्रकाश सिग्देल
असार ३
सहकारीले बिक्री गर्ने मलको मुल्य निर्धारण गर्नु आवस्यक देखिएको किसानहरुले बताएका छन् । साल्ट टेडिगं कर्पोरेसन र कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा लगिएको मल सहकारीले ब्यापारीले जस्तै गरी बढि मुनाफा खाएर बिक्री गर्ने गरेको गुनासाहरु किसानबाट ब्यापक आउन थालेको छ । किसानलाई सहजताका लागी राज्यले अनुदानमा दिएको मलमा पनि सहकारीवालाहरुले ब्यापारीले जस्तै गरी धेरै मुनाफा राखेर बिक्री गरी किसानलाई ठग्ने काम गरेको गुनासाहरु आफु सम्म पनि आईपुगेको साल्ट टेडिगं कर्पोरेसन लिमिटेड चितवनका प्रंमुख बुद्धि बिनोद दाहालले बताउनु भयो । राज्यले किसानका लागी भनेर अनुदान दिने तर सहकारी सन्चालकले प्रतिकिलो ५ रुपैया बढि सम्म फाईदा खाएर मल बिक्री गर्ने गरेकाले त्यसले किसानका लागी हित भन्दा पनि समस्यामा परेको बताउदै उहाले मलको मुल्य निर्धारण गर्नु पर्ने आवस्यक्ता देखिएको प्रतिक्रिया दिनु भयो । सबै सहकारीमा त्यस्तो समस्या नभएपनि केहि सहकारीले मनलाग्दी मुल्य निर्धारण गर्ने र किसानलाई समस्यामा पार्ने अवस्था सृजना हुदै गएकोले अन्तिम बिन्दु तोकिनु पर्ने उहा बताउनु हुन्छ । आफनो बाट खरिद गर्दा युरिया मल प्रतिकेजी १५ रुपैया ५ पैसा पर्ने र सहकारीले खुद्रामा प्रतिकेजी १९ देखी २५ रुपैया सम्म लिएर मल बिक्री गरेको आफुलाई गुनासा आएको बताउदै उहाले सहकारीले कमाउने भन्दा पनि किसानलाई सेवा प्रवाह गर्ने कुरामा ध्यान दिनु पर्ने तर्क गर्नु भयो । डिएपी मल आफुले बिक्री गर्दा ४४ रुपैया ३३ पैसा पर्ने तर सहकारीले ४९ रुपैया मा बिक्री गर्ने गरेको उहाको भनाई छ । सहकारीले यति धेरै नाफा लिन आवस्यक नभएको उहाको तर्क छ ।
त्यस्तै एस एस पिमा प्रतिवोरा ३० रुपैया कमिसन सहकारीलाई दिने गरेको बताउदै उहाले त्यसमा ढुवानी भाडामात्रै जोडेर मल बिक्री गर्न आग्रह गर्नु भयो । चितवनमा धान सिजन सुरु भएकाले आवस्यक भन्दा बढि मल खरिद गरी मलको अभाव सृजना नगर्न र बढि मुल्य नलिइ उचित मुल्यमा मल बिक्री गर्न सहकारीलाई उहाको आग्रह छ । चितवनमा यो सिजनमा मलको अभाव हुन सक्ने संकेत गर्दै उहाले मल प्रयोगमा ध्यान दिन आग्रह समेत गर्नु भयो । धानबालिको सिजनमा अत्याधिक प्रयोग हुने डिएपी मल चाईनाबाट खरिद भएर असार २० सम्म आउने र युरिया पनि आउने क्रममा रहेको उहाले बताउनु भयो । असार २० सम्मको समयलाई ब्यवस्थापन गर्न एस एस पि मल कार्यालयले स्टक राखेको र त्यही मल बिक्री गर्दै आएको उहाको भनाई छ ।
चितवनमा केहि सहकारीले कृषकका नाममा लगेको मल एग्रोभेटहरुलाई समेत बिक्री गर्ने गरेको केहि किसानहरुले बताएका छन् । सहकारीका ब्यवस्थापकहरुले बढि कमिसन पाउने भएपछि गलत काम तर्फ लागेको किसानहरुको गुनासो छ । चितवनमा बार्षिक रुपमा युरीया डिएपी पोटास गरी १८ हजार मेट्कि टन मल चाहिने कार्यालयका प्रमुख दाहालले बताउनु भयो । आफुहरुले ३ हजार देखी ३५ सय मेटिक टन कृषि सामाग्री कम्पनि लिमिटेडले ९ देखि १० हजार कृषि सामाग्री लिमिटेडलमेट्कि टन मल बिक्री गर्ने र बाकि गैर अनुदानीत मल बाट पुर्ती भईरहेको उहाको भनाई छ । साल्टटेडिगं कर्पोरेसनले जम्मा आयातको ३० प्रतिषत मात्रै मल पाउने गरेको भन्दै उहाले त्यसको परिमाण बढाउन आग्रह गर्नु भयो ।
तपाइँको प्रतिक्रिया