अनुमतिविना राखिएका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन काठमाडौं महानगरको ३० दिने सूचना जारी

काठमाण्डौं, असोज ७
काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई अनुमतिविना राखिएका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको छ ।
महानगरले होर्डिङबोर्ड र डिजिटल विज्ञापन राखेबापत शुल्क नबुझाएको भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको हो ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।
३० दिन म्यादभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरको सूचनामा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया