अनेमसंघ नवलपुरद्धारा अमर्यादित टिका टिप्पणी र अवान्छित गतिविधिमा संलग्नलाई कारवाहीको माग

नवलपुर, १८ जेष्ठ ।
अखिल नेपाल महिला संघ ९अनेमसंघ ० नवलपुरले राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा अमर्यादित टिका टिप्पणी गर्नेलाई कारवाहीको माग गरेको छ ।
अनेमसंघ नवलपुरले जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाउदै राष्ट्रपतिमाथि अमर्यादित टिका टिप्पणी र अवान्छित गतिविधिमा संलग्नलाई कारवाहीको माग गरेको अनेमसंघ नवलपुरका अध्यक्ष लिला पोखे्रल थनेतले बताउनुभयो ।
महिला अधिकार प्राप्तीका लागि आफ्नो जीवनको महत्वपूर्ण हिस्सा होमेर महिला अधिकार स्थापित गरि देशमा एउटा सामान्य नागरिकबाट पहिलो महिला राष्ट्रप्रमुखको रुपमा निर्वाचित व्यत्तित्व, सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजनीतिक पूर्वागह्रका आधारमा विभिन्न लाञ्छना लगाउने, अमर्यादित र अपमानजनक शब्दहरुको प्रयोग गर्ने कार्य भईरहेको विषय प्रति अखिल नेपाल महिला संघको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष थनेतले बताउनुभयो ।
सामाजिक सञ्जाल लगाएत बिभिन्न माध्यमबाट गाली गलौच गर्ने, अमानित गर्ने , अमर्यादित टिका टिप्पण तथा गतिविधिलाई तत्काल रोक्न र अवाच्छित गतिविधिमा संलग्न व्यक्तलाई कानुनी दायरामा ल्याई कारवाही गर्न अनेमसंघ नवलपुरले माग गरेको छ ।
तपाइँको प्रतिक्रिया