अनेरास्वयिु एनपीआई क्याम्पस कमिटिको अध्यक्षमा सिम्खडा

चितवन १४, अनेरास्ववियु एनपीआई क्याम्पस कमिटि भरतपुरको सिटिइभिटीको एक भेलाले सुजन सिम्खडाको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा बिक्रम खड्का, सचिवमा सुजन ढकाल, कोषाध्यक्षमा दुर्गा तिवारी र सहसचिवमा अनिष दाहाल र मेरिषा राप्चा रहनुभएको छ । यस्तै भेलाले इन्जिनियरिङ इन्र्चाजमा प्रदिप तिवारी र गम्भिर खड्का, एजी इन्र्चाजमा मनिस पौडेल, हेल्थ इन्र्चाजमा सन्दिप रानाभाट र पुजन श्रेष्ठ, अखिल फोर्स इन्र्चाजमा जीवित श्रेष्ठ, महिला इन्र्चाजमा प्रियंका केसी र खेलकुद इन्र्चाजमा गुणेश्वर सिंहलाई चयन गरेको छ । अनेरास्ववियु जिल्ला कमिटि चितवनका अध्यक्ष देब पाठकको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला सचिव प्रकाश आर्चाय, जिल्ला टेक्निकल इन्र्चाज पोषण खड्का, जिल्ला सदस्य सागर पाठक लगायतले बोल्नुभएको थियो । भेला निर्वतमान अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा भएको हो ।
तपाइँको प्रतिक्रिया