अन्तराष्ट्रिय कुस्ती ( दगंल ) प्रतियोगीताको उपादी नेपाल र भारतलाई

पुरुषोत्तम सुबेदी
परासी , ७ कार्तिक । नवलपरासीमा संचालीत अन्तराष्ट्रिय कुस्ती ( दगंल ) प्रतियोगीताको उपादी नेपालका वैजनाथ यादव र भारतका शैलेश यादवले संयुक्त रुपमा हातपार्न सफल भएका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगीतामा नेपालका वैजनाथ यादव र भारतका शैलेश यादव बरावरीमा टुगंीएपछि दुबैले प्रथम स्थान हासिँल गर्न सफल भएपछि उपादीलाई संयुक्त रुपमा जित्न सफल भएका हन् ।
त्यस्तै द्धितिय स्थानका लागि आनन्द कोंहार र गुड्डु यादव विच भएको खेलमा आनन्द कोंहार विजयी भएका थिए भने तिर्तीय स्थानका लागि पाथर यादव र गुड्डु यादव विच भएको प्रतिस्थर्धामा पाथर यादव विजयी भए ।
नवलपरासीमा विगत ४१ वर्षदेखि दुर्गा पुजा एवँ मेला व्यवस्थापन समिति कालिका टोल परासीको आयोजनामा प्रत्येक वर्र्ष परासी विराट मेला एवं कुस्ती दंगल लाग्दै आएको छ ।
प्रतियोगीतामा नेपाल र भारतका गरी २१ जोडि पहलमानहरुको भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि व्यवसायी कन्हैयालाल अग्रवालले क्रमशः दश हजार, पाँच हजार र तिन हजार पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाल र भारतमा लोकप्रिय रहेको कुस्ती खेलको जर्गेनाका लागि प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष मिथलेल अग्रहरीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया