अन्तिम नामावली टाँस , ओली र कोइराला भोलि भिड्दै

नयाँ संविधान जारी भएपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीका उम्मेद्वारको अपरान्ह नामावली प्रकाशित गरिएको छ । संसद सचिवालयले निर्वाचन कार्यक्रम अनुसार शनिवार अपराहृन ४ः ३० बजे उम्मेदवारको दर्ता क्रमअनुसार नामावली प्रकाशित गरेको हो । क्रमअनुसार अनुसार पहिलो नंवरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम रहेको छ भने दोश्रो नंवरमा काग्रेस सभापति सुशील कोईरालाको नाम उल्लेख गरिएको छ । प्रधानमन्त्री चयनका लागि आइतबार विहान ११ बजे संसदमा मतदान हुनेछ ।
आइतबार बिहान बस्ने व्यवस्थापिका संसदको बैठकमा सबै उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र सबै उम्मेदवारीलाई प्रस्तुत गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिइएको समय शुक्रबारबाट सकिएपछि बहुमतीय प्रक्रिया अघि बढेको हो । संविधानको धारा २९८ को उपधारा ३ अनुसार बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति डा. रामवरण यादवले ब्यवस्थापिका संसदलाई आहृवान गर्नुभएको थियो ।
नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आहृवान भएको थियो ।
तर सहमति नभएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आहृवान भएको थियो ।
तपाइँको प्रतिक्रिया