अन्र्तगत नौ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाईदै

बिबेक भण्डारी,नवलपरासी माघ २४
दादुरा रुबेला खोप अभियान २०७२/२०७३ अन्र्तगत नौ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाईदै छ ।
अभियान अन्र्तगत नवलपरासी जिल्लाका पनि सम्पुर्ण गावस ,नगरपालिका भरी आज देखि माघ २८ गते सम्म बालबालीकालाई खोप प्रदान गरीदैछ ।
बालबालिकालाई दादुरा रुबेला खोप लगाउने कार्यक्रम अन्र्तगत कावासोती नगरपालिकामा आज जिवनज्योती उच्च माध्यामिक विद्यालय,सेन्टजोसेफ माध्यामिक बिद्यालय,सिद्धर्थ उच्च माध्यामिक विद्यालय मा ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला खोप लगाईदै छ ।
यसै गरी भोलि माघ २५ गते कावासोती नगरपालिकाको भवन,शिव उच्च माध्यिामिक बिद्यालय र स्वास्थ्य चौकि भवन २८ बिगाहामा माघ २६ गते सरस्वती उच्च माध्यामिक बिद्यालय ,माघ २७ गते जनकल्याण निम्न माध्यामिक बिद्यालय ,उभरेष्ट वोर्डिङ्ग मा यस्तै माघ २८ गते महाराजा निम्न माध्यामिक बिद्यालय र जलदेवि प्राथामिक बिद्यालय बाट बालबालिका लाई दादुरा रुबेला खोप लगाउने कार्यक्रम रहेको छ ।
यस्तै गरी जन्मे देखि ५ बर्ष उमेरका बालबालिकालाई पोलीयो थोपा पनि खुवाउने कार्यक्रम रहेको छ ।
तपाइँको प्रतिक्रिया