अन्र्तराष्ट्रिय सहकारी दिवश, विभिन्न कार्यक्रम गरि गैँडाकोटमा मनाईयो ।

राजन खरेल,
गैँडाकोट, २३ असार ।
अन्र्तराष्ट्रिय सहकारी दिवश, विभिन्न कार्यक्रम गरि देशैभर मनाईएको छ । दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी भन्ने मुल नाराका साथ शनिबार १७४औं अन्र्तराष्ट्रिय सहकारी दिवश देशैभर मनाईएको हो । दिवशकै अवसरमा, सहकारी समन्वय मञ्च गैँडाकोटको आयोजनामा, शनिबार गैँडाकोटमा अन्र्तराष्ट्रिय सहकारी दिवश तथा नवौं साधारण सभा समेत सम्पन्न भएको छ ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै, सहकारी अभियान्ता एवं नेफ्स्कुनका पुर्व संचालक खेमराज सापकोटाले, सहकारी समन्वय मञ्च समय, परिष्थिती र आवश्यकताले जन्माएको दाबी गर्दै, नयाँ कुरा गर्नेहरु कहिलेकाँही विवाद र चर्चामा आउने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सापकोटाले सहकारी र स्थानिय निकाय बिचको समझदारीले यहाँको विकास निर्माणमा सहायता पुर्याउने बताउदैं सहकारीसंग मिलेर काम गर्न, स्थानिय तहहरुलाई आग्रह गर्नुभयो ।
सापकोटाले नेपालका सहकारीहरु एक आपसमा मिलेर अगाडी बढ्दै समाज परिवर्तनमा थप समर्पित बन्न सक्नुपर्ने आवश्यकता औल्याउदै,सहकारीका संचालक बिचमा स्वच्छ प्रतिष्पर्धा र सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका उप प्रमुख विष्णु कुमारी कंडेलले मन्तब्य राख्दै संमृद्ध नगर निर्माणमा सहकारीले ठुलो भुमिका खेल्न सक्ने बताउदैं आगामी दिनमा नगरपालिकाले समन्वय गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका पुर्व संचालक केशव प्रसाद सापकोटा, जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपरासीका अध्यक्ष माधव प्रसाद गौतम, जिल्ला सहकारी संघ लिमिटेडका सचिव तिलक प्रसाद पराजुली, नेफ्स्कुन फिल्ड कार्यालय नारायणगणका संचालक गोपाल प्रसाद गौतम, विकु साकोसका अध्यक्ष केशव सापकोटा, किसान साकोस् गैँडाकोटका कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली लगायतले मन्तब्य राख्दै स्थानिय तहले सहकारीहरु संग समन्वयकारी भुमिका खेल्नुपर्नेमा जोड दिदै सहकारीताले मात्र संमृद्धिको नारा साकार पार्ने धारणा राख्नुभयो ।
यस अघि मञ्चको नवौं साधारण सभामा, सचिव कुलप्रसाद पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यहाँका सहकारी विच सुमधुर सम्बन्धका लागी मञ्चले कार्य गर्ने बताउनुभएको थियो । मञ्चका कोषाध्यक्ष चन्द्रमणी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सोे कार्यक्रममा लेखा समिति संयोजक गोविन्द रिमालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसै बिच आगामी असार ३० गते शनिबार मञ्चको, छैँठौं अधिवेशन सम्पन्न गरिने निर्वाचन म०डलका सदस्य तिलक प्रसाद पराजुलीले जानकारी दिनुभएको छ । सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै सहमति र सहकार्यमा जोड गर्दै नयाँ नेतृत्व चयन हुने पराजुलीले बताउनुभएको छ ।
परिवर्तन बचत तथा ऋण सहकारी संस्था गैँडाकोट ५ को आतिथ्यता रहेको सो कार्यक्रम सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष वेद प्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया