अपराधी कहिले पनि भाग्न नसक्ने :महानिरीक्षक अर्याल

राजेन्द् आचार्य ,
चितवन, असार २६ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी अगाडी अपराधी कहिले पनि भाग्न नसक्ने दावी गरेका छन् ।
अब अपराधीका दिन गए उनले भने । शान्ति सुरक्षा कायकम गर्न प्रहरी जस्तो जुकै कदम चालेर पनि अपराधीलाई पक्राउ गरेरै छाड्छ ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १६४ औंँ समूहको दीक्षान्त समारोहमा बोल्दै देशमा संविधान बनिसकेको र कार्यान्वयको अन्तिम चरणमा पुगेको भन्दै कानुनी राजमा अपराधी उम्कन नसक्ने ठोकुवा गरे ।
प्रहरी अपराध सहन सक्दैन् उनले भने सामाजिक सद्भाव र शान्ति सुरक्षा खलल पु¥याउनेलाई कुनै हालतमा सम्झौता नगर्न निर्देशन दिए ।
उनले समय अनुसार नेपाल जनतासंग सहकार्य गरि जनताका लगि प्रहरी भन्ने मुल मन्त्रको विकास गर्न आग्रह पनि गरे ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले अबका दिनमा अनुसन्धान र प्रहरी विशशिष्ट ढङ्गबाट काम गर्नुपर्ने बताए ।
सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले दीक्षित प्रहरी सहायक निरीक्षकलाई समयसापेक्ष व्यावसायिक क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्न निर्देशन दिए ।
विसं २०७२ साउन १७ गतेदेखि तालिम लिएका ४१ महिला सहित ५९२ जना दीक्षित भएका हुन् । कार्यक्रममा केन्द्र प्रमुख रणबहादुर चन्दको संयोजकत्वमा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया