अफगानिस्ताम नेपालीमाथि आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु,९ जना घाइते

६ असार, अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् । काबुलमा सोमाबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया