अब नेपालमा तेलको आपूर्ति बढाउँछौं : आइओसी

१२ कात्तिक, काठमाडौं । भारतले चीनसँग नेपाल आयल निगमले गरेको तेल खरिदको सम्झौतामा आफु ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएको छ ।
नेपालमा नेपाल आयल निगमलाई इन्ध बेच्दै आएको भारतीय आयल कर्पोरेशन (आर्इओसी) का अध्यक्षले नेपालले चीनसँग गरेको सम्झौता आफुहरुले बिचार गरिरहेको बताएका हुन् ।
नयाँ दिल्लीमा एक समारोहमा भाग लिन पुगेका आईओसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक बी अशोकले अब भारतले नेपालमा इन्धनको आपूर्ति बढाउने बताएका छन् ।
चीनसँग नेपालले इन्धन खरिद गर्नेबारे बेइजिङमा सम्झौता भएको भोलिपल्टै आइओसीले नेपालका नाकाहरुमा आन्दोलन रोकिएलगत्तै इन्धनको आपूर्ति बढाउने बताएको भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले जनाएको छ ।
‘हाम्रो नेपालसँग चार दशकदेखि ब्यापारिक सम्बन्ध छ । तर, केही समयदेखि नेपालसँगको ब्यापार ओरालो लागेको छ’ अध्यक्ष अशोकले भने-‘नेपालमा तेल आपूर्ति अहिले पनि भइरहेकै छ, नाकाहरुमा आन्दोलन मत्थर हुनासाथ हामी आपूर्ति बढ्नेमा आशावादी छौं ।’
नेपालले चीनसँग तेल किन्दा भारतले ठूलो बजार हिस्सा गुमाउनेबारे पत्रकारले गरेको प्रश्नमा उनले भने-‘पर्खौं र हेरौं ।’
तपाइँको प्रतिक्रिया