अब मोबाइलमै नेपालको संविधान

असोज १५, काठमाण्डौं । नेपालले नयाँ संविधान पाएको खुसीको क्षणमा हरेकले संविधान सहज रुपमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले एनआईटीभी मिडिया प्रालीले नेपालको संविधानु नामक सफ्टवेयर एप्लिकेशन सार्वजनिक गरेको छ।
यसले देश–विदेशमा रहेका नेपालीहरुले संविधान निर्माण क्रमबारे थाहा पाउनुका साथै जारी भएको नेपालको संविधान २०७२ को बारेमा सहज रुपमा अध्ययन गर्न सक्नेछन् ।
सो एप्सले २००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमहरुलाई सो एपमा राखिएको छ। कम्पनीका अनुसार सूचना र प्रविधिको क्षेत्रमा भैरहेको विकासको सही प्रयोगले आम नागरिकको सूचना प्राप्तिको हकको सम्मान गर्दै सो एप सार्वजनिक गरिएको हो।
तपाइँको प्रतिक्रिया