पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै सामाजिक संजालमा अडियो क्लिपहरु सार्बजनिक

१२ फागुन, काठमाडौं ।
अभिनेता पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गरेका छन् । सामाजिक संजालमा अडियो क्लिपहरु सार्बजनिक गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।
एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन् । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
पल शाहले सार्बजनिक गरेका अडियो क्लिपहरु
तपाइँको प्रतिक्रिया