अभिभावकहरुले लगाएको आरोप निराधार छ : लक्ष्मी मा.वि. प्रधानाध्यापक कंडेल

जेष्ठ १२, गैडाकोट
लक्ष्मी मा.वि. अमरापुरीका प्रधानाध्यापक मणिकण्ठ कंडेलले आफूमाथी लागेका आरोपहरुको शुक्रबार पत्रकार सम्मेलन मार्फत खण्डन गर्नुभएको छ । आफ्नै स्कूलको कार्यलयमा पत्रकार सम्मेलन गर्दै प्राचार्य कंडेलले आफुमाथि केहि अभिभावकहरुले लगाएको आरोप निराधार रहेको बताउनुभयो । यदि कसैले लगाएका आरोपहरुको पुष्टि गर्न सक्छ भने आफुले जुनसुकै सजाय भोग्न पनि तयार रहेको बताउनुभयो । अभिभावकहरुले ज्ञापनपत्र बुझाउन आएको दिन आफु विहानै देखि विद्यालयमा खटिएका कारण मोबाईल स्वीच अफ भएर अभिभावकको सम्पर्कमा आउन नसकेको बताउनु भयो । आफुमाथी अभिभावकहरुले उब्जाएको शंकालाई उहाँले सकारात्मक रुपले नै लिएको बताउनु भयो । यस्ता शंकाहरुले विद्यालयको प्रशासनसँग जोडिएका ब्यक्तिहरु अझ सजक र पारदर्शी भएर काम गर्नुपर्ने बताउनुभयो ।
अभिभावकहरुले आफुमाथी लगाएका आरोपहरु विद्यालयमा नै आएर बुझ्न र यसलाई थप राजनितिकरण नगर्न र मिडियाबाजी गरेर कसैको पनि अनावश्यक रुपमा मान प्रतिष्ठामा आँच आउने काम नगर्न आग्रह गर्नुभयो । यस्ता खालको सस्तो मिडियाबाजीले विद्यालयको साख गुम्ने र विद्यालय प्रति अभिभावकहरुको विश्वास गुम्ने समेत बताउनु भयो । यदि आगामी दिनमा सत्य तथ्य नबुझि निराधार आरोप लगाउने र पुष्टि नभएमा कानुनी उपचार खोज्ने समेत बताउनुभयो ।
विद्यालयले कलेजको परिषरमा नयाँ भवन बनाएको आरोपमा विद्यालयले नापजाँच गरि विद्यालयको परिषरमा नै त्यो भवन विधि प्रकृया सबै पुरा गरि बनाएको दाबी गर्नुभयो । त्यस्तै अनावश्यक ठाउँमा पर्खाल किन लगाएको भन्ने अभिभावकको आरोपमा विद्यालयको खेल्ने चौरको सुरक्षाका लागि लगाएको र बस्तीमा बाढीको समयमा पानीको निकासको लागि बाटो राखेको समेत बताउनुभयो । त्यस्तै स्वर्ण महोत्सबको आर्थिक पारदर्शिताको कुरामा हरेक वर्ष विद्यालयको वार्षिक उत्सबमा निरन्तर सार्वजनिक गरिएको र अझै पनि उठ्नुपर्ने रकम उठाउँदै आम्दानीमा बाध्दै लगेको समेत बताउनु भयो । विद्यालयमा लगाईको ताला कसरी खुल्छ भन्ने हाम्रो प्रश्नमा उहाँले त्यसको लागि अभिभावक, विद्यालय ब्यवस्थापन समिति र नगर शिक्षाबिच वार्ता भई नगर शिक्षाले जे निर्णय लिन्छ त्यसै अनुरुप अघि बढ्ने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया