अभियन्ता दुर्गा प्रसाईंको महाअभियानमा कमल थापाको ऐक्यबद्धता

काठमाडौं फागुन १९
राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा ऐक्यवद्धता जनाएका छन् । उक्त महाअभियानमा सहयोग गर्न उनले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । व्यवसायी प्रसाईंले गत फागुन १ गते पूर्वराजपरिवारका सदस्यहरुलाई उतारेर मेचीपुलबाट महाअभियानको उद्घाटन गरेका थिए ।
यसैगरी उनले हालै पत्रकार सम्मेलन गरी २०४७ सालको संविधान ब्यूँताउनुपर्ने लगायतका माग राखेर आन्दोलन नै गर्ने घोषणा गरेका छन् । नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेकै स्थानबाट फागुन २० गते आन्दोलन सुरू गर्ने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रिया