अभियानलाई कुनै शक्तिले रोक्न सक्दैन : एमाले अध्यक्ष केपी शर्मा ओली
काठमाडौँ २२ ,प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुले मेची-महाकाली अभियानलाई कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । आइतबार मोरङको बिराट चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले, एमालेको अभियानलाई कसैले रोक्न नसक्ने बताउनु भयो । हिजो विदेशीले संविधान जारी गर्न नदिन विदेशी लागेको तर, एमालेकै कारण संविधान आएको भन्दै उहाले सरकारबाट हटाए पनि जनताको मानबाट कसैले हटाउन नसकेको बताउनु भयो ।’ एमालेबाट डराएर केही ‘बुख्याचा’ खडा गर्न खोजिएको भन्दै उहाले एमाले जनताको मन बुझ्न आएका थियौं, जनताको साथ एमालेसँगै छ ।’ कार्यक्रममा सुवास नेम्वाङ, भीम रावलसहितका नेताहरुले पनि एमाले अभियान नरोकिने बताए । आइतबार विहान बिर्तामोडबाट अघि बढेको एमालेको मेची महाकाली अभियान उर्लाबारी, मंगलबारे, डाँगीगाउँ, बेलबारी हुँदै अघि बढेको छ । विराटचोकमा आयोजित सभामा सहभागीहरुको संख्या अघिल्लो दिनको तुलनामा धेरै देखिन्थ्यो ।
तपाइँको प्रतिक्रिया