अमरापुरीका युवाहरु महोत्सबको नाफाबाट एम्बुलेन्स खरिदमा लाग्दै ।

राजन खरेल,
गैँडाकोट, ११ असार ।
अमरापुरीका युवाहरु महोत्सबको नाफाबाट एम्बुलेन्स खरिदमा लाग्ने भएका छन् । मंगलबार गैँडाकोट १५को अमरापुरीमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी गराईएको हो । गत असोज ३ गते देखि १३ गते सम्म अमरापुरीमा संचालन गरिएको प्रथम ऐतिहासिक अमरापुरी महोत्सबबाट संकलित नाफा रकमबाट एम्बुलेन्स खरिदमा लगानी गर्न युवाहरु जुटेका हुन् ।
महोत्सवमा कुल आम्दानी १८ लाख ४१ हजार ६ सय थियो, बचत मध्यबाट ५ लाख २ हजार ८ सय एम्बुलेन्स खरिद गर्न छुट्टाएको संयोजक तथा रेम्बो युथ क्लवका अध्यक्ष विवेक न्यौपानेले जानाकारी दिनुभयो ।
त्यसगरी शिक्षा क्षेत्रको बिकासको लागी १ लाख २५ हजार ७ सय र संथागत विकासको लागी २ लाख ३८ हजार छुट्टाएको छ । “युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” भन्ने मुल नाराका साथ नवलपरासीको गैंडाकोट अमरापुरीमा ऐतिहासिक अमरापुरी महोत्सव सुरु गरिएको थियो ।
तपाइँको प्रतिक्रिया