अमेरिका जाने डीभी आजबाट खुल्दै, कात्तिक २० सम्म भर्न पाइने

काठमाडौं,असोज १७-
सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन आज खुल्ने भएको छ । आज राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । आफै डिभी भर्न चाहनेहररूले तोकिएको समयभित्र यो वेवसाइटमा गएर आवेदन भर्न सक्ने छन्। डिभी भर्ने म्याद आगामी कात्तिक २० गतेसम्मका लागि तोकिएको छ । डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न दूतावासले आग्रह गरेको छ ।
यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भने अनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ । अनलाइनमा उल्लेख भएको फोटोसम्बन्धी नियमलाई पूर्णतः पालना गर्न र डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ।
तपाइँको प्रतिक्रिया