अमेरीकामा मेड इन नेपाल

फिल्मीखबर ८, अमेरिकाको न्यूयोर्क शहरमा ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक फिल्मको सुटिङ गरिएको छ । ईश्वर थापाले निर्देशन गरेको उक्त फिल्मको हाल सम्पादनको कार्य भईरहेको छ । नन्दिता केसी, इसान ढकाल, प्रवेश उप्रेती, प्रियंका एर, अन्जली लामा, राजेश गुरुङ, प्रेम गुरुङ, सुरेन्द्र बास्तोला, आर जेसी, अमेरिकन कलाकार मे फर्दिनंदको अभिनय रहेको फिल्मको पटकथा संवाद सुरेन्द्र नकर्मीको रहेको छ । बाबु बोगटी र ओम कर्माचार्यले संगीत दिएको यस फिल्मका गीतहरूमा जगदीश समाल, बाबु बोगटी, अन्जना गुरुङ र सबिता श्रेष्ठले स्वर दिएका छन् । फिल्मको छायांकन शम्भु मोक्तानले गरेका छन् । सम्झना उप्रेती, सलिना श्रेष्ठ र केदार पराजुली निर्माता रहेको यो फिल्म नयाँ बर्ष २०७४ सम्ममा रिलिज गर्ने लक्ष्य रहेको निर्माण टिमले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया