अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन र त्यसको मनिटरिङ गर्न लगानी बोर्डलाई निर्देशन

व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिले अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे लगानी बोर्डका पदाधिकारीहरुसँग छलफल गरेको छ । आयोजना सम्झौता भए पनि काम अघि बढ्न नसकेको र स्थानीयलाई शेयर दिने विषय पनि प्रष्ट नभएको भन्दै सिंहदरबारमा सोमबार बसेको बैठकमा सांसदहरुले लगानी बोर्डका पदाधिकारीहरुसँग प्रष्टता खोजेका छन् । बैठकमा अधिकांश सांसदहरुले राम्रो भनेर सम्झौता गरिएको अरुण तेस्रोको सतलज र माथिल्लो कर्णालीको जीएमआर कम्पनीले अहिले काम अघि बढाउन नसकेको भन्दै आलोचना गरे । दुवै आयोजनाको पीडिए भई प्रारम्भिक काम भइरहेको छ । दुवै आयोजना नौ–नौ सय मेघावाटका हुन् । छलफलपछि समितिले कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन र त्यसको मनिटरिङ गर्न समेत लगानी बोर्डलाई निर्देशन दिएको छ ।
सांसदहरुले पीडीए सम्झौताअनुसार तत्काल काम थाल्न लगाउन माग पनि गरेका छन् ।
तपाइँको प्रतिक्रिया