अर्जेन्टिनी फुटबलर लियोनल मेसीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पुरा गरे

१५ चैत, काठमाडौं ।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनी फुटबलर लियोनल मेसीले सय गोल पुरा गरेका छन् । बुधवार बिहान कुराकावविरुद्ध भएको मैत्रीपूर्ण खेलमा गोल गर्दै मेसीले अन्तर्राष्ट्रिय गोल शतक पुरा गरेका हुन् । यो खेलमा मेसीले ह्याट्रिकसँगै अर्जेन्टिना ७–० गोलले विजयी भएको थियो । पहिलो हाफमै ३ गोल गरेका मेसीले २० औँ मिनेटमा गरेको पहिलो गोलमा मेसीको सय गोल पुरा भएको थियो । त्यसपछि उनले ३३ र ३७ औँ मिनेटमा गोल गरेका थिए ।
यसअघि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाइ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र सय गोल पुरा गरेका थिए । दाइ सय गोल पुरा गर्ने पहिलो खेलाडी थिए । हालसम्म रोनाल्डोले एक सय २२, दाइले एक सय ९ र मेसीले एक सय २ गोल गरेका छन् ।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले एक सय ९८, दाईले एक सय ४८ र मेस्सीले एक सय ७४ खेल खेलेका छन् ।
तपाइँको प्रतिक्रिया