अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडे

फाल्गुन १९, काठमाण्डौं
अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एउटा समूहले गोली प्रहारसहित मेस्सीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडेका छन् । राजधानी ब्युनस आयर्सबाट ३ सय किलोमिटर उत्तरपश्चिममा रहेको रोसारियो अर्जेन्टिनाको तेस्रो ठूलो शहर हो । उक्त आक्रमणमा कोही पनि घाइते भने भएनन् ।
आक्रमणकारीहरूले देशको तेस्रो ठूलो शहर रोजारियोमा किन मेसी वा उनकी श्रीमती एन्टोनेलाको परिवारको सुपरमार्केटलाई लक्षित गरे भन्ने बारे केहि प्रस्ट भने भएको छैन । बन्दुकधारीले छोडेको धम्कीपूर्ण पत्रमा, ‘मेसी हामी तपाइँलाई पर्खिरहेका छौं । जाभकिन एउटा ड्रग डिलर हो । उसले तिम्रो हरेरचाह गर्नेछैन’, पाब्लो जाभकिन रोसारियोका मेयर हुन् ।
बिहीबारको घटनापछि, जाभकिनले पत्रकारहरूसँग रोसारियोमा हिंसा बढेको र सहरमा प्रहरीको अभाव र सुरक्षाको अभावबारे बताएका छन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । विश्वकपका गोल्डेन बल विजेता मेसी गत सोमबार फिफा वर्ष खेलाडी घोषित भएका थिए ।
तपाइँको प्रतिक्रिया