अवसरको खाचो

ज्ञानु पँगेनी भाद्र ६, अवसर पाए महिलाले नि देश हाक्न सक्छन भन्नेमा एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् । तर त्यसका लागि दैनिक चुलो चौकोमा व्यस्त हुने महिलालाई सबै भन्दा पहिले परिवारका सदस्यले नै त्यस्को बाताबरण सिर्जना गरी अवसर प्रदान गर्नु पर्ने उनीहरुको भनाई छ । आज क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासीको आयोजना तथा सँकल्पको सहयोगमा रामनगर गाविस भुमहीमा आयोजीत राजनितिमा महिला सहभागिता बिषयक सार्बैजनिक परामर्श कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । रामनगर गाविस सचिव शिवलाल भण्डारीको प्रमुख आतिथ्य तथा क्रियाशिल पत्रकार महिला नवलपरासीका अध्यक्ष धनु भुषालको अध्यक्षतामा भएको उक्त कार्याक्रममा महिलाहरुले अवसर बाट बन्चित हुनु परेकै कारण अगाडी जान नसकेको भन्दै अवसरको बाताबरण मिलाई दिन स्थानिय तहका राजनितिक दलहरुलाई आग्रह गरेका थिए । महिला असक्षम छन्, महिलाले कुनै पनि निर्णय गर्न सक्दैनन र महिलालाई नेतृत्वमा बसाल्न हुदैन भन्ने जस्ता सोच हटाउन अव सबै लाग्नु पर्ने पनि सहभागिहरुले जोड दिएका थिए । महिलामा खुवि हुदाँ हुदै पनि सामाजिक सास्कृतिक तथा आर्थिक कारणले महिलाहरु घरको चौघेरामा मात्रै सिमीत हुनु परेकाले अव म पनि सक्षम छु भनि आफै अगाडी बढ्नु पर्ने अवस्था आएको तर्फ पनि केही सहभागिहरुले तर्क गरेका थिए । राष्टिृय तथा केन्द्रिय स्तरमा केही महिलाहरु नेतृत्व तहमा पुगे पनि गा्रमिण भेगका महिलाहरु अवसर बाट बन्चित भएकै कारण र समाजमा अझै पनि पुरुष बादि सोच जगडीएर बसेका कारण स्थानिय स्तरको राजनितिबाट समेत महिला बन्चित हुनु परेको भन्दै महिलाहरुले गुनासो गरेका थिए । कार्यम्रमा सहभागि समिक्षा विक, लक्ष्मी देवि ढकालले महिलालाई ३३ प्रतिशत सहभागि गराउनु पर्छ है भन्ने नियमलाई टुक्रयाउन नमिलेर कुनै पनि समितिमा सहभागी गराए पनि उच्च पदमा राख्न हिचकिचाउने प्रबृत्ति रहेको बताउनुभयो । यस्तै अर्कि सहभागि सुमकेशरी चौधरीले केही सक्षम महिला राजनितिमा लागेर काम कारबाहिका लागि बाहिर हिड्दा पनि समाजमा कुरा काट्ने प्रबृत्ति हावि रहेको भन्दै त्यस्ता समस्याका कारण पनि महिलाहरु अगाड िआउन डराउने गरेको बताउनुभयो । यस्तै अर्की सहभागि सरस्वति सुबेदीले महिलाहरुका लागि आएका बिभिन्न कार्यक्रम , तथा वडा स्तर देखि गाउ जिल्ला तहमा हुने बिभिन्न कार्यकम््रमा महिलाहरुलाई जानकारी नगराईने कारणले पनि महिलाको क्षमता बिकास हुन नसकेको भन्दै सबै ठाउमा राज्यले भनेको छ भनेर महिलालाई अवसर दिने होईन कि महिला पुरुष बराबर हुन भनेर महिलालाई पनि सहभागि गराउनु पर्छ भन्ने बताउनुभयो । महिला र पुरुष बिना समाजमा गरीने कुनै पनी काम सफल हुन नसक्ने भन्दै कार्याक्रम्मा सहभागि सबैले लैङगिक समानताका लािग समता आवश्यक रहेकोमा जोड दिएका थिए । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जेकी सचिव तथा सँकल्प की जिल्ला फोकल पर्सन सिता शर्माको सँचालन र उपाध्यक्ष ज्ञानु पँगेनीको स्वागत मन्तव्यमा भएको उक्त कार्यक्रमा नेपाली काँगे्रसका रामनगर गाउ ईकाई समितिका सभापति राम बहादुर क्षेत्रि, नेकपा एमालेका नारायण तिवारी , नेकपा माओबादीका मदन पन्थ, राप्रपाका सोम नाथ शर्मा , मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उमेश चन्द्र चौधरी, सद्भावना पार्टिका अध्यक्ष मोहर प्रसाद चौधरी लगायतले बोल्दै राजनितिक पार्टिले महिला सहभागिताका लागि कुनै बन्देज नराखेको र महिलाहरु सक्षम भएर अगाडी आउन चाहे पार्टिको उच्च स्थानमा पनि सधै बाटो खुल्ला रहेको बताउनुभएको थियो ।
तपाइँको प्रतिक्रिया