अवैध निकासी गर्दैगर्दा ३ वटा ट्याक्टर नियन्त्रणमा

ज्ञानु पंगेनी,
नवलपरासी, वैशाख २९,चुरे क्षेत्र अन्तरगत पर्ने नवलपरासीका खोलाबाट निकासीमा रोक लगाईएपनि दिनुजसो अवैध रुपमा निकासी भैरहेको छ ।प्रहरीले बुधबार विहान मात्रै कावासोतीस्थित केरुङ्गगे खोलाबाट अवैध रुपमा गिट्टि बालुवा निकासी गर्दै गरेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । ना ३ त ६६१९, लु २ त ६२७१ र लु १ त ३३५१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नियन्त्रणमा लिएका ट्याक्टरलाई जिविसले ७ हजार रुपैयाँ जरिवाना तिराएर छाड्ने गरेको छ ।
जिल्लाका विनयी, खजुरे, झरही, बौलाहा लगायतका खोलाबाट अवैध निकासी हुने गरेका छन । स्थानीयले प्रहरी प्रशाशनकै मिलेमतोमा खोलाबाट अवैद्य निकासि हुने गरेको आरोप लगाउदै आएका छन ।
तपाइँको प्रतिक्रिया