अष्ट्रेलिया अध्ययनका लागि जाने नेपाली बिद्यार्थीले अब क बर्गका जुनसुकै बाणिज्य वैंकबाट ऋण लिन सक्ने

६ बैशाख, काठमाण्डौ । अष्ट्रेलिया अध्ययनका लागि जाने नेपाली बिद्यार्थीले अब क बर्गका जुनसुकै बाणिज्य वैंकबाट ऋण लिन सक्ने भएका छन् । अष्ट्रेलियाको सीमा सुरक्षा तथा अध्यागमन बिभागलाई उदृत गर्दै दिल्लीस्थित अष्ट्रेलियन हाइ कमिसनले दिएको जानकारी अनुसार अब नेपालका जुनसुकै क बर्गका बैंकबाट लिएको शैक्षिक ऋणलाई अष्ट्रेलियाले मान्यता दिने भएको छ । यसअघि नेपाली बिद्यार्थीले एसबीआई बैंक र नविल बैंकबाट लिएको ऋणलाई मात्र अष्ट्रेलियाले मान्यता दिँदै आएको थियो । पछिल्ला दिनमा नेपाली बिद्यार्थीप्रति नरम नीति अबलम्बन गरिरहेको अष्ट्रेलियाले जुनसुकै बाणिज्य वैंकबाट ऋण लिए मान्यता दिने गरी नीतिगत संसोधन गरेको हो । अष्ट्रेलियन हाइ कमिसनले भारतका सम्बन्धमा पनि यही नीति लिएको छ । हाल नेपालमा क बर्गका २८ वटा बाणिज्य वैंकहरु रहेका छन् । जुनसुकै बैंकबाट ऋण लिन पाउने ब्यबस्थापछि अब बिद्यार्थीहरुलाई ऋणका लागि थप विकल्पहरु खुला भएका छन् भने उनीहरुलाई सहजता पनि थपिने छ । यस अघिका दिनमा नविल र एसवीआई बैंकबाट ऋण लिन सहज नभएपनि त्यहीँ जानुपर्ने अबस्था थियो । सवै बैंकलाई खुला गरिदिएपछि अब नेपाली बिद्यार्थीलाई थप सहजता भएको र आबेदनको संख्या बृद्धि हुने देखिएको छ ।
तपाइँको प्रतिक्रिया