असहमती लाई चिर्न राजनितिक दल विच सहमतीको विकल्प नभएको:महरा

एकीकृत माओवादीका महासचिव कृष्ण बहादुर ले राष्ट्रिय राजनितिमा देखीएको असहमती लाई चिर्न राजनितिक दल विच सहमतीको विकल्प नभएको वताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव महराले यस्तो वताउनुभएको हो । पछील्लो समय मधेशी नेता र अन्य राजनितिक दलविच सार्थक वार्ताको थालनी भएको भन्दै केही दिन भित्रै मधेशी मोर्चासंग सहमती हुने महराको भनाई छ । नेता महराले पञ्चायतीकालीन र शसस्त्र युद्धकालिन समयका राजनितिक मुद्धाहरु राजनितिक तहवाटै समाधान गर्ने सहमती भएकाले बालकृष्ण ढुङगेल लगाएतका मुद्धा कानुनी तवर वाट नभई राजनितीक तअवाटै समाधान गर्नुपर्ने वताउनुभयो ।
तपाइँको प्रतिक्रिया