असार १ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द गरिने

२० जेठ।
मेलम्ची खानेपानी आयोजनाको पानी झन्डै एक महिना काठमाडौंमा नआउने भएको छ । सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यस अघिको तीन महिनाको परीक्षण अवधि समाप्त भएपछि असार १ गते देखि सुरुङ खाली गर्न लागेको आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले बताउनु भयो ।
उनकाअनुसार अब ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्नेछन्। पानी खाली गराउन पन्ध्र दिन लाग्नेछ। र, निरीक्षण गर्न १० दिन लाग्ने छ। ‘यो अवधिमा पानी पठाउने अवस्था नहुने जनाईएको हो । अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा गैरहेको छ । त्यो पानी नआउँदा अभाव रहने भएको छ।
तपाइँको प्रतिक्रिया