असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने

काठमाण्डौ, भाद्र ३१
दशैँ र तिहारका लागि राष्ट्र बैंङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंङ्कले जनाएको छ । बैङ्क तथा वित्तिय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने तर कुन कुन बैङ्कबाट नयाँ नोट वितरण गर्ने भन्ने निक्र्योल भई नसकेको जानकारी दिए ।
उनका अनुसार यो वर्ष १३ देखि १४ अर्व बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैङ्कको तयारी छ । त्यसमध्ये २ अर्व बराबरका खुद्रा नोट वितरण गरिनेछ ।
तपाइँको प्रतिक्रिया