अस्ताउँदो सूर्यको पूजा गरी छठ मनाइँदै

काठमाडौं, २४ कार्तिक ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ ।आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा दिएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो । चितवनको नारायणी नदिमा पनि छठ पर्वको अवसरमा सिंगारिएको छ । अहिले बेलुका अस्ताउदो सुर्यलाई अर्घदिने तयारीमा भक्तजनहरु पूजा गरि बसिरहेका छन् ।
झुप्पा(झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
तपाइँको प्रतिक्रिया