अहिलेको सरकारले त पैसा नै छैन पो भन्छ : ओली

काठमाण्डौँ, २९ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सरकारसँग विकास–निर्माणका गर्न कहिल्यै पैसाको अभाव नभएको बताएका छन् । अहिलेको सरकारसँग भने काम गरिसकेको ठेकेदारलाई पनि भुक्तानी गर्ने पैसा नभएको उनले टिप्पणी गरे । आज युवाहरुसँग एक अन्तरक्रियामा बोल्दै ओलीले सरकार कसैको मानपदवी बढाउन नभएर जनता र देशको विकास गर्न चाहिने बताए ।
ओलीले आफू नातावादको पक्षपोषक नभएको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताएका हुन्।आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको उनले बताए। एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने ओलीले प्रतिवद्धता जनाएका छन्।
एमाले सन्तुलित र दीगो विकासका एजेन्डा लिएर चुनावमा अघि बढ्ने ओलीको भनाइ छ।ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको पनि बताएका छन्।आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उनले बताए।
उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए। ओलीको घर भक्तपुरस्थित बालकोटमा छ। उनले सांसद भएकोले केही पैसा भने आउने बताए।उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए।
ओलीले राजनीतिक दलले युवालाई महत्त्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गर्नुभएको छ । अध्यक्ष ओलीले नेकपा एमालेले काठमाण्डौ महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिनुभयो ।
तपाइँको प्रतिक्रिया