आँट गरेर तराई झरे माधव नेपाल, मधेसीकै बीचमा बसेर रौतहटमा सम्बाेधन

काठमाडौँः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तराई–मधेस झरेका छन् । तराई–मधेसको आन्दोलन पेचिलो बनिरहेको र एमाले तराई–मधेस झर्न आनाकानी गरिरहेको आरोप लागेका बेला नेपा नेपाल बिहीबार आफ्नो निर्वाचन जिल्ला रौतहट झरेका हुन् ।
उनले बिहीबार नै रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
उनले भेलालाई सम्बोधन भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीको विरोध गरे । उनले भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न सुझाव दिएका थिए ।
नेपाल आउँदा नेपालीको मन जितेका भारतीय प्रधानमन्त्री अहिले आलोचित बनेको भन्दै फेरि पनि नेपालीको मन जित्ने वातावरण बनाउन आग्रह गरे ।
तपाइँको प्रतिक्रिया