आइतवार देखि कक्षा ११ को परीक्षा देशभर सुरु

काठमाडौँ ,उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले गरेको छ । परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी भएका छन् । परीक्षा १२ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने उनले परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए । परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरेको छ । परीक्षा सञ्चालन अवधिभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषद्बाट खटिएका जिम्मेवार व्यक्तिबाहेकका व्यक्तिलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्णरुपमा निषेध गरिएको छ ।
तपाइँको प्रतिक्रिया