आईपीएलमा आज राजस्थान र हैदराबाद बीच प्रतिस्पर्धा

कार्तिक ६, काठमाडौँ
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुने भएको छ।राजस्थान र हैदराबाद बिचको खेल नेपालि समय अनुसार ७स्४५ मा सुरु हुने छ।प्ले अफमा स्थान बनाउने आशा जीवित राख्न आज दुवै टिमलाइ जित्नै पर्ने दबाब छ। अंकतालिकाको पुछार बाट दोस्रो स्थानमा रहेको हैदराबादले ३ मा जित र ६ मा हार बेहोरेको छ भने पुछार बाटै तेस्रो स्थानको राजस्थानले ४ मा जित र ६ मा हार बेहोरेको छ। ।यस्तै गएराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सातौं जित निकालेको छ ।यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बेङ्ग्लोरले सातौं जित निकालेको हो । कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बेङ्ग्लोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।बेङ्ग्लोरको जितमा देवदूत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए ।
यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहँदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे । कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।कोलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादवले १२ रन बनाए । त्यस्तै टम बानटनले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बेङ्ग्लोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए ।कोलकत्तालाई हराएसँगै बेङ्ग्लोर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरको १० खेलमा ७ जितसहित १४ अंक छ । कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा छ ।
तपाइँको प्रतिक्रिया