आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हरायो

१९ फागुन, काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
ओपनर आसिफ सेखले नटआउट ८६ र सन्दीप लामिछानेले नटआउट ३५ रनको योगदान गरे । ७ विकेट गुमाएको अवस्थामा उनीहरुले ७७ रनको साझेदारी गरेपछि नेपालको जित निश्चित भएको हो ।
उनीहरुले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । ६ जना ब्याट्सम्यान दोहोरो अंकमा रन नजोड्दै आउट भएपछि नेपाल संकटमा परेको थियो । ७४ रनमा ६ विकेट गुमाएको नेपाललाई आसिफले सम्हालेका थिए । १०५ रन जोड्दा कुशल मल्ल आउट भएपछि सन्दीप क्रिजमा आएका थिए ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि यसअघि यति धेरै रनको साझेदारी गरेको थिएन । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले हालसालै स्कटल्यान्डविरुद्ध ५५ रनको साझेदारी गरेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । त्यसअघि नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले खाता खोल्न सकेनन् ।
ज्ञानेन्द्र मल्ल ६ र भीम सार्कीले ८ रन बनाए भने आरिफ शेख र रोहित पौडेल एक एक रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ८ रन जोड्न सकेन । कुशल मल्लले २३ रन बनाए । पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आसिफले भीम सार्कीसँग तेस्रो विकेटका लागि ३२, छैठौँ विकेटका लागि दीपेन्द्रसँग २१ र सातौँ विकेटका लागि कुशल मल्लसँग ३१ रनको साझेदारी गरे ।
टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ४ बल बाँकी रहँदा सबै विकेट गुमाएर १७९ रन जोडेको थियो । सोमपाल र दीपेन्द्रले दुई दुई विकेट लिए भने सन्दीप, करन केसी र कुशल मल्लले एक एक विकेट हात पारे ।
विश्वकप लिग २ मा ३१ खेलबाट ३० अंक भएको नेपाल तालिकाको छेटौँ स्थानमा रहेको छ । जारी शृंखलाको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल बिहीबार घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृंखलाको अन्तिम खेलमा नेपालले अब यूएईसँग खेल्ने छ ।
तपाइँको प्रतिक्रिया