आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन

भाद्र १५, काठमाण्डौं
अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० ले विश्वकप ट्रफी विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा राखिएको हो ।
कार्यक्रममा विभिन्न विद्यालयका छात्रा, छात्रले ट्रफीको भव्य रुपमा स्वागत गरे भने स्थानीयवासीले बाजागाजासहित ट्रफीको स्वागत गरे ।
ट्रफी भ्रमणमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् ।
यस्तै पूर्व कप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास पनि भ्रमणमा सहभागी छन् ।
ट्रफीसँग विभिन्न विद्यालयका छात्र, छात्राले अवलोकन गरे ।विश्वकप क्रिकेटको ट्रफी सोमवार नेपाल आईपुगेको थियो ।
क्रिकेट विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो ।
तपाइँको प्रतिक्रिया