आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोेसेली मेला हुने

काठमाण्डौँ, ५ कार्तिक ।
नेपाल हस्तकला महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो । महासंघले आउँदो कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्शाल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने मेलाका संयोजक विक्रमसिंह महर्जनले बताउनुभयो । उहाँले मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया